आल्प्स
नेपाली विकिपीडियाबाट
आल्प्स (जर्मनमा: Alpen; फ्रान्सेलीमा: Alpes; इटालियनमा: Alpi; स्लोभेनियनमा: Alpe) मध्य युरोपमा रहेको हिम श्रृङ्खला हो । आल्प्स पूर्वमा अष्ट्रिया र स्लोभेनिया देखि इटाली, स्विजरल्याण्ड, लिच्टेन्सटाइन र जर्मनी हुँदै पश्चिममा फ्रान्स सम्म फैलिएको छ ।
आल्प्स शब्द फ्रान्सेली भाषा हुँदै ल्याटिनको alpes (आल्पहरू) बाट आएको हो जुन ल्याटिन भाषाका अन्य शब्दहरू जस्तै altus (अग्लो), अथवा albus (सेतो) बाट बनेको हुन सक्तछ ।
आल्प्सको सबैभन्दा अग्लो पहाड मोन्ट ब्लाङ्क हो, जुन ४,८०८ मिटर अग्लो छ । पश्चिम युरोपको सबैभन्दा अग्लो यो पहाड फ्रान्स र इटालीको सिमानामा पर्दछ ।